18 highlights of the 2081/82 budget

budget_2081_81

These are the 18 highlights of the 2081/82 budget

–सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको बराबरको सेवा निर्यात गर्ने लक्ष्य लिइएको छ। 

–५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाइने छ।

–सरकारले ५ लाख परिवारलाई लालपुर्जा दिने भएको छ। 

–सरकारले पोडवे निर्माणको बजेट विनियोजन गरेको छ। यातायातको नयाँ प्रविधिको रूपमा नेपाल भित्रिएको पोडवे निर्माणको ढाँचा र सम्भाव्ययता अध्ययन गर्ने भएको छ। 

–महिला लगानी वर्ष मनाउने घोषणा, प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड छुट्टाएको छ। 
 
–काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माण गर्ने भएको छ। 

–सरकारले मूल्यअभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमश अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ।

–समस्याग्रस्त सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने भएको छ।

–सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।

–उद्यममा युवा सहभागिता बढाउन तथा स्टार्टअपलाई वित्तीय सहयोग गर्नका लागि सरकारले एक अर्ब रकम बराबरको स्टार्टअप कोष स्थापना गर्ने घोषणा गरेको छ।

–काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत् र सुरक्षा लगायतका पूर्वाधारका लागि सूचना प्रविधि पार्क बनाइने भएको छ। 

–०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ।

–सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। 

–भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रुपमा विकास गरिने भएको छ। 

–आगामी वर्ष ९ सय मेगावाट विद्युत थप हुने भएको छ।  जनताको लगानीमा माथिल्लो अरुण बनाउनेछ। 

–विद्यार्थीको सिकाइ अभिवृद्धि गर्न साथीबाट सिक्ने र साथीलाई सिकाउने कार्यक्रम ल्याएको छ। 

–मदिरा, चुरोट र सुर्तीको अन्त:शुल्क बढाइएको छ।

–आलु प्याज लगायतका तरकारी तथा फलफूलमा लाग्दै आएको मूल्यअभिवृद्धि कर खारेज गरिएको छ।

One thought on “18 highlights of the 2081/82 budget

Leave a Reply

Your email address will not be published. Required fields are marked *