११ महिनामा २१ अर्बको धानजन्य आयात

भन्सार विभागको आव २०७९–८० को तथ्यांक अनुसार ४७ अर्ब, ५७ करोड ३६ लाख ८४ हजार मूल्य बराबरको धानजन्य (धानको बिउ, धान, चामल र कनिका) सामग्री आयात भएको देखिन्छ ।
नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३७.५ केजी चामलको खपत रहेको छ । करिब ५७ लाख टन धानको उत्पादन हुन्छ भने ६७ लाख मेट्रिक टन आवश्यक पर्छ ।
चालु आवको गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा २१ अर्ब १३ करोड ७० लाख ५ हजार बराबरको धानजन्य सामग्री भित्रिएको देखिन्छ । जसमा धानको बिउ मात्रै ८८ करोड, ६५ लाख, २१ हजार मूल्य बराबरको; अन्य धान र चामल २० अर्ब, २४ करोड, ३२ लाख, ६४ हजार मूल्यबराबरको र कनिका नौ लाख २० हजार मूल्य बराबरको भित्रिएको थियो ।