१२ करोडको नलिञ्चोक हेलिपोर्ट असुरक्षित

nalinchowk-Heliport

भक्तपुरमा १२ करोड लागतमा निर्माण भएको नलिञ्चोक हेलिप्याडमा उड्ने हेलिकोप्टर विपत्ति वा घटना/दुर्घटना हुन सक्ने चेतावनी दिँदै १२ हेलिकोप्टर कम्पनीका तीन दर्जन पाइलटले नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापन-पत्र बुझाएका छन् ।

पाइलटहरूले हेलिप्याड वरिपरि धेरै अवरोधहरू भएको बताए। ‘हेलिप्याडको दक्षिण-पूर्वमा विद्युतको लाइनहरू, पूर्व र पश्चिममा रूखहरू, र दूरसञ्चार टावर छन्,’ ”हेलिप्याड नजिकै खुला ठाउँ नहुँदा धेरै तौल नलिइकन सामान्य टोइङ गर्दा, हावा, तापक्रम र लोडका कारण भवनहरूमा ठोक्किने जोखिम हुन्छ । उनीहरुले उक्त हेलिप्याडमा कम्तिमा दुइटा विन्दुबाट जहाज निस्कन र पस्न मिल्ने बनाउनुपर्ने बताउँदै त्यहाँ एयर ट्राफिक कन्ट्रोल टावर जडान गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *