दुई तिहाइको सरकार बनाउने तयारी

कांग्रेस-एमाले समझदारीको प्रारम्भिक चर्चा :
१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।
२.प्रदेश सरकार – एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई नै
३.संविधान संशोधन / संविधान पुनरावलोकन गर्न
४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।
५.पालिकाको संख्या घटाएर वडाको संख्या वृद्धि गर्ने ।
६.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।
सरकारमा एमालेले प्रधानमन्त्री र अर्थमन्त्रीसहित १० मन्त्रालय पाउने छ भने कांग्रेस गृहमन्त्रीको नेतृत्वमा ११ मन्त्रालयसहित सरकारमा जानेछ ।
नयाँ सरकारको मुख्य उद्देश्य संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्याउन संसदका साना दलहरु लोसपा रराप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ ।